विद्यार्थी धान रोपाईमा व्यस्त

भक्तपुर । सधै कक्षाकोठामा देखिने भक्तपुरको एउटा स्कुलका विद्यार्थी आइतबार फरक भूमिकामा देखिए । भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेस्ट इंगलिश स्कुलका विद्यार्थी नियमितको पढाई छाडेर  रोपाईमा व्यस्त भएका हुन् ।

स्कुलको कक्षा कक्षा ४ का एक सय ९ जना छात्रछात्रा धान रोपाईमा सहभागी भएका हुन् । उनीहरुले स्कुल नजिकैको स्कुलकै ४ आनाको क्षेत्रफलमा फैलिएको खेतमा रोपाई गरेका हुन् । ट्यांकरबाट ल्याइएको पानीबाट उनीहरुले शिक्षकशिक्षिका तथा अन्य कामदारहरुको सहयोगमा धान रोपेका थिए । 

रोपाईमा सहभागी विद्यार्थीहरुले सधै कक्षाकोठामा मात्रै बसेर पढ्दै  आएकोमा आइतबार अलि फरक रुपमा धान रोप्न पाएकोमा खुशी साटे । कक्षाकोठामा मात्रै बसेर होइन कि फिल्डमा पनि पुगेर सिक्ने मौका पाएकोमा असाध्यै खुशी लागेको छौ, उनीहरुले भने ।  प्रयोगात्मक अभ्यासले खेती गर्ने किसानको दुःख वुझ्ने मौका मिलेको उनीहरुको भनाई थियो । यसबाट धेरै कुरा सिकियो, उनीहरुले भने, हामीले खाने चामलको भातका लागि किसानले कति मिहिनेत गर्दा रहेछन् अनुभब गर्न पाइयो ।’ 

यसअघि ती विद्यार्थीले नै रोपाईका लागि आवश्यक धानको विउ राखेका थिए । उनीहरुले धानको विउ राख्नेदेखि धान भित्राउनेसम्मको सम्पूर्ण काम गर्ने जानकारी स्कुलले दिएको छ । विउ छर्ने, धान गोडने, काटने, झार्नेदेखि भित्राउने सवै उनीहरुले नै गर्ने स्कुलले जनाएको छ ।

स्कुलकी शिक्षिका एवं धान रोपाई कार्यक्रमकी संयोजक सुनीता सुवेदीले धान रोप्ने कार्यक्रमको दिन अघि नै उनीहरुलाई पहिला नै कक्षाकोठामा जानकारी गराइएको जानकारी दिइन् । धान रोप्ने प्रक्रिया, तरिका, त्यसमा प्रयोग हुने सामानलगायतका विषयमा कक्षामा यसअघिका दिनहरुमा नै जानकारी गराइएको उनले सुनाइन् ।  धान रोप्न विद्यार्थी कोदालो, डाँंटेलगायतका सामाग्री लिएर खेतमा गएका थिए । 

स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्कुले जीवनमै जीवनका विविध पक्षकाबारेमा व्यवहारिक ज्ञान दिन प्रत्येक वर्ष असारमा रोपाई कार्यक्रम गर्दै आएको जानकारी गराए । खेती किसानबारे वुझ्ने उमेर सुरु हुने भएकाले प्रत्येक वर्ष कक्षा चारका विद्यार्थीलाई कार्यक्रममा सहभागी गराउँंदै आएको उनले जनाए । 

स्कुलले प्रत्येक वर्ष धान दिवस अर्थात् असार १५ का दिन विद्यार्थीलाई धान रोपाईमा सहभागी गराउने गर्दै आएको जनाइयो । तर यो वर्ष असार १५ शनिबार परेकोले आइतबार धान रोपाई कार्यक्रम गरेको स्कुलले जनायो ।  

विद्यार्थीले रोपेको धान प्रत्येक वर्ष असार १५ को दिन स्कुलमा दही चिउरा खानका लागि आवश्यक मात्रामा कुटेर चिउरा बनाइन्छ । बाँंकी धान भने दानको भावना जगाउन जिल्लास्थित मुनि विहार इनाचो भक्तपुरमा रहेका भन्तेहरुलाई खुवाउन विद्यार्थी दान गर्न पुग्छन् ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।