फरार प्रतिवादी तेह्रथुमका भुजेल लागुऔषध सहित पक्राउ

विराटनगर, असार १७ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह (PIT) बाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

लागुऔषध मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०८०/१०/२६ गते पक्राउ अनुमति जारी भई फरार रहेका तेह्रथुम लालिगुराँस नगरपालिका-९ घर भई सुन्दरहरैचा नगरपालिका-४ मोरङमा डेरा लिई लुकिछिपी बस्दै आएका ४२ बर्षीय अमृत बहादुर भुजेललाई खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनको साथबाट ब्राउनसुगर ३२ ग्राम ७४ मिलिग्राम, नगद ६७ हजार ६ सय रुयैँया र १ थान स्कुटर सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनको थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖