नशालु ईन्जेक्सन सहित दुई भारतीय नागरिक पक्राउ

सञ्जय मिश्रा, रौतहट । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध नशालु ईन्जेक्सनसहित दुईजना भारतीय नागरिक लाई रौतहटमा सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बखरी ग्राम पञ्चायत ४ राघोपुरका २० बर्षीय रौशन कुमार र सोही ठाउँ वडा ३ का १८ बर्षीय अमीत कुमार रहेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटका डिएसपी गेहेन्द्र भण्डारीले बताएका छन् । 

गएराति ९ बजेको समयमा गौरबाट चन्द्रनिाहपुर तर्फ जाँदैगरेको ना १ज ७१०९ नम्बरको म्याजिक गाडी चेकजाँच गर्दा दुवैजना भारतीयले सिट मुनी लुकाईरखेको प्रतिबन्धित नोरफिन ईन्जेक्सन २९९ एमपुल, प्रोमेथाजिन इंजेक्शन २९९ एमपुल र डाईजीपाम ३०० एमपुल गरी कुल ८९८ थान नशालु ईन्जेक्सन बरामद गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन ।

बरामद नशालु इंजेक्शन सहित पक्राउ परेका दुवैजना भारतीय नागरिक रौशन र अमितलाई आवश्यक कारवाहीको लागि आज जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाईएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।