एकहजार बढी बिरुवा रोपेर मनाइयो जन्मदिन

रौतहट । रौतहटस्थित एकहजार बढी बिरुवा रोपेर जन्मदिन मनाईएको छ । यहीँबाट  सुरुवात भएको जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गत बुधवार १ हजार ३ सय भन्दा बढी बिरुवा रोपेर जन्मदिन मनाईएको हो । तराई बिकास तथा सन्चारकेन्द्र  नेपालको आयोजनामा चन्द्रपुर नगरक्षेत्र अन्तर्गत सिन्दुरेघारी चाँदी खोला छेउमा १ हजार ३ सय भन्दा बढी बिभिन्न प्रजातीको बिरुवा रोपिएको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पहिलो वृक्षारोपण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।  नेपाली सेनाको सहयोगमा फलफुल बगैंचा तयार गरिदिने कार्य प्रारम्भ भएको छ । बृक्षारोपण शुरुवात गदै रेग्मीले यस्तो पबित्र तथा परोपकारी कार्यमा जोडिन सबैमा आग्रह गरेका छन । जन्मदिनको अवसरमा अनावश्यक खर्च रोकेर वृक्षारोपणमा लाग्नुपर्ने रेग्मीले विचार राखेका थिए। 

कार्यक्रममा बिर दल गुल्म रौतहटका प्रमुख कर्णेल गङ्गाबहादुर बिष्टले पार्क छेउमा नेपाली सेनाको सहयोगमा फलफुल बगैंचा तयार गरिदिने बताए ।  सेनाले बृक्षारोपण कार्यलाइ अती महत्वका साथ काम गदैआएको कर्णेल बिष्टको भनाइ छ।

तराई बिकास तथा सन्चारकेन्द्र  नेपालका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब गोबिन्द चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एस्पी दिलिप घिमिरे, डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्र,इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब नेत्र प्रसाद शर्मा,जन जागृती बहुमुखी क्याम्पसका अध्यक्ष सुर्य थापा, जनजागृती माबि बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द दुलाल,जनजागृती माबिका प्राचार्य शत्रुधन साह, नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाका सभापति कृष्ण अधिकारी,चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटा लगायतको उपस्थीती रहेको थियो ।

यसैगरी जीवन बिज्ञान चन्द्रनिगाहपुरका शैलेश उपाध्याय,इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक सशस्त्र प्रहरी सन्तपुर बेस क्याम्पकाका प्रमुख, जिल्ला भु संरक्षण कार्यालयका प्रमुख,लाइन्स क्लबका प्रतिनिधि,पन्च आधारभुत बिद्यालय प्रधानाध्यापक शिक्षकहरु,सुर्योदय एकेडेमी प्रेम तुल्सी एकेडेमी बिद्यालयका शिक्षक बिद्यार्थी , सिन्दुरेघारी टोल बिकास सस्था ,मुलघर कृषि सहकारी सस्थाका पदाधिकारी ,जिल्ला स्थित सन्चारकर्मी, स्थानीय समाजसेवि सर्वसाधारणले बृक्षारोपण गरेका थिए ।

 बुधबार जन्मदिन परेका चन्द्रपुर नगरपालिकाका  ९ का  वासुदेव अधिकारी ,मुलघर कृषि सहकारी सस्थाका सह ब्यबस्थापक तुलसा पुलामी, जन जागृती माबी सिन्दुरेघारी अध्ययनरत छात्राहरु सन्ध्या श्रेष्ठ ,सम्झना कुमारी राम र रिता साहले आफनो जन्मदिन  विभिन्न जातका फुलका बिरुवा रोपेर मनाएका थिए । चन्द्रपुर नगर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेको बासुदेब अधिकारीले आफनो जन्मदिनको अबसरमा बृक्षारोपण गर्न पाउदा हर्षित भएको बताएका छन । जन्मदिनको अबसरमा फजुल खर्च नगर्न समेत अधिकारीले सल्लाह दिएका छन । 

 अभियानलाइ देश ब्यापी बनाउने तराई बिकास तथा सन्चारकेन्द्र  नेपालका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब गोबिन्द चौलागाईले जानकारी दिएका छन । यो अभियानलाइ तिब्रता दिन गृह नगर चन्द्रपुर आएका पत्रकार चौलागाईले यो अभियानले काठमाण्डौमा पनि ब्यापकता रुप लिएको बताए ।

सकरात्मक सोचका साथ समाजलाइ सतकर्म तर्फ लैजान यो अभियान अपरिहार्य भइरहेको पत्रकार चौलागाईको भनाइ रहेको थियो । करिब ३ महिना अगाडीदेखि यो अभियान रौतहटमा चलिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।