विराटनगरबाट अभौतिक मुद्रा प्रयोग कारोवारमा संलग्न ६ जना पक्राउ

बिराटनगर, असार २० गते । मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट अभौतिक मुद्रा प्रयोग कारोवारमा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरीको खडक नगरपालिका-११ का २२ बर्षीय शिब शंकर यादब, राजगढ गाउँपालिका- ३ का २० बर्षीय दिपक मण्डल, मोरङको जहदा गाउँपालिका-१ का २५ बर्षीय रन्जित कुमार यादब, बिराटनगर-१६ का ३० बर्षीय जनार्दन यादब, २६ बर्षीय सिकिन्दर यादब र सप्तरी नर्घो घर भई बिराटनगर १५ मा बस्दै आएका ३३ बर्षीय संजिव कुमार मण्डल रहेका छन ।

असार १९ गते अपरान्ह बिराटनगर-१५ स्थित रहेको सोहिता कर्णको घरको दोस्रो तलामा ४ वटा कोठा भाडामा लिई अभौतिक मुद्राको कारोवार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट परिचालन भएको संयुक्त टोलीले घर कोठा खानतलासी गर्दा मोवायल १६ थान, बिभिन्न बैंकको ATM -४४ थान, भारतिय नम्वरको सिम १३ थान, नेपाली नम्वरको सिम १९ थान, बिभिन्न बैकको चेक २८ थान, बिभिन्न बैकमा रकम जम्मा गरेको भौचर १५ थान, मोटरसाईकल ३ थान, ईलेक्ट्री फ्रिंङगर प्रिन्ट १ थान र नगद १ हजार ६ सय रुपैया सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।