“चौंथो पाख्रीबास कप फुटबल” कार्तिक ७ देखि हुने
धनकुटा । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ पाख्रीबास युथ युनाइटेडले आयोजना गर्दै आएको “चौंथो पाख्रीबास कप फुटबल” को मिति सार्बजनिक गरिएको छ ।
युथ युनाइटेडको आयोजना र पाख्रीबास नगरपालिकाको प्रायोजनमा हुने प्रतियोगिता आगामी कार्तिक ७ देखि १३ गते सम्म संचालन हुने भएको छ ।
पाख्रीबासमा सम्पन्न भेलाले उक्त निर्णय गरेको हो । बैठकमा पाख्रीबास नपा वडा ३ का वडा अध्यक्ष सरोज राई,वडा ४ का वडा अध्यक्ष सन्तोष मानन्धर,युथ युनाइटेडका अध्यक्ष गणेश गुरुंग लगायत पाख्रीबासका समाजसेवी,युवाहरुको उपस्थिति रहेको थियो ।


