रोट्रयाक्ट क्लब अफ विराटनगर सेन्ट्रलद्वारा वृक्षारोपण

विराटनगर । रोट्रयाक्ट क्लब अफ विराटनगर सेन्ट्रलले ‘रोपाइँ जात्रा’ कार्यक्रमअन्तर्गत वृक्षारोपण आयोजना गरेको छ ।

क्लबले विराटनगरमा ‘रोपाइँ जात्रा’ शीर्षकमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की, आदर्श माविको व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुलीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन चोकदेखि कोशी अस्पतालसम्मको सडकका दुवै किनारमा विरुवासहित १ सय ५० थान गमला राखिएको कार्यक्रम संयोजक आश्रेय कोइरालाले जानकारी दिए । गमलामा रोपेका विरुवाको स्थानीय व्यापारीले संरक्षण गर्ने जनाइएको छ । उनीहरूले आफ्नो पसल अगाडिको विरुवामा पानी लगाएर रेखदेख गर्ने कोइरालाले बताए ।

सो कार्यक्रम रोट्रयाक्ट क्लब र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलले संयुक्त रुपमा आयोजना गरेका हुन् । विराटनगरलाई हरियाली र सुन्दर बनाउने उद्देश्यसहित वृक्षारोपण गरिएको रोटरी क्लब अफ विराटनगर सेन्ट्रलका प्रेसिडेन्ट जीना थापाले जानकारी दिइन् । सो अवसरमा कार्यक्रमकाप प्रमुख अतिथिसमेत रहनुभएका मोरङका प्रमुख जिल्ला अधिकारी भट्टराईले वनजंगलको विनाश र विकसित मुलुकहरूबाट हुने हानिकारक कार्बन उत्र्सजनले सिंगो मानव समुदायको अस्तित्व खतरामा परेको बताए । ‘यस्तो प्रतिकूल अवस्थालाई परिर्वतन गर्न वृक्षारोपण र तीनको संरक्षण आवश्यक छ,’ उनले थपे, ‘एकजना मानिसलाई आवश्यक अक्सिजनका निम्ति १२ वटा विरुवाको आवश्यकता पर्ने विभिन्न अध्ययनले देखाएको छ ।’ उनले घरघरका साथै नगरक्षेत्रभरि वृक्षारोपणका गर्न आह्वानसमेत गरे ।

रोटरी क्लब अफ विराटनगर सेन्ट्रल र रोट्रयाक्ट क्लब मिलेर विराटनगरमा अन्य सामाजिक कार्यलाई निरन्तरता दिइने रोटरी क्लबकी इलेक्ट प्रेसिडेन्ट सुजु प्याकुरेल कोइरालाले प्रतिबद्धता जनाइन् । सो अवसरमा आदर्श माविका विद्यार्थीहरूले समेत वृक्षारोपणमा साथ दिएका थिए ।

विराटनगरमा पछिल्लो समय वृक्षारोपणको अभियान तीव्र रुपमा सञ्चालन भइरहेको छ । स्थानीयवासीसमेत वृक्षारोपणमा स्वतस्फुर्त सहभागी भएको देखिन्छ । आफ्नो पसल र घर अगाडिका विरुवामा पानी र मल लगाएर संरक्षण गर्ने गर्न विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले आग्रहसमेत गरे । ‘विराटनगरलाई सफा, सुन्दर र हराभरा बनाउने भनेको यहीका नागरिकले हो,’ उनले भने, ‘त्यसो भएकाले जुनसुकै संस्था र व्यक्तिले रोपे पनि आफ्नो घर र पसल अगाडिका विरुवाको संरक्षण स्थानीयले नै गर्नुपर्छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।