झापाका वामपन्थी नेता कन्दङ्वा सहितका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

झापा । झापाका पुराना बामपंथी नेता लोकबन्धु कन्दङ्वासहित सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र झापाले बिर्तामोडमा गरेको राजनीति प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । कन्दङ्वा दुई वर्षअघि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यबाट राजीनामा दिएर स्वतन्त्र बामपंथी बुद्धिजीवीको रुपमा सकृय रहेका थिए ।

विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा मोहन योगी, सिता रण पँहेली, जगत राई, अञ्जर अलि सन्तबहादुर कुमाल,विवेक, राजु लिम्बु,सेखर लामिछाने विजय लामा, पवन राजवंशी, महेश कार्की, मन्नी देव , मनोज गेलाल, पर्वत लामा, शान्ता लिम्बु, शिबु राजवंशी, कला ढकाल, रिता ढकाल, सत्र रिजाल, मदन भण्डारी, कुमार भट्टराई, खगेन्द्र कट्टेल, देव कट्टेल, पुण्ड्य प्रसाद खनाल, अनिता गिरि, राखेक दर्नाल, अभिशेष कालिकोटे,टिका अधिकारी, पुजा महत, सुष्मा सुवेदी, राम बहादुर चेम्जोङ, गंगाप्रसाद आचार्य,सरस्वती बस्नेत, सन्तोष पर्साइ, प्रेम्बा दोर्जे तामाङ, सुसिला भुजेल,भविबन्द्र लिम्बु, सञ्जिव आम्दाम्बे,रुपादेवी सिवाकोटी, सुक्ला राजवंशी, अनिल राई,शंकर थापा, सुवास सुवेदी, पदम भण्डारी, चन्द्रप्रसाद नेपाल, विशाल राजवंशी, नेहा राजवंशी, स्नेहा राई, रामबहादुर कार्की, पदम सम्भाहाम्फे, सिता लिम्बु, मणी खनाल, विनोद ढकाल,सिता श्रेष्ठ लगायत रहेका छन् । 

उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका हुन् । प्रवेश गर्नेमा एमालेका जिल्ला तथा नगरस्तरीय नेता रहेका छन् । त्यसैगरी, जसपाको विद्यार्थी संगठनका ६४ जना माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)मा समायोजन भएका छन् ।

माओवादी केन्द्र प्रवेश गर्नुभएका कन्दङ्वा जनताको भावना र ऐजेण्डा बुझेर आफ्नो कार्यदिशा तय गर्ने पार्टी माओवादी केन्द्र भएको र आज मुलुक जुन ठाउँमा छ, त्यो माओवादीका कारण संभव भएको बताए । उनले माओवादीसित एजेन्डाको कमी नभएको र त्यसको कार्यान्वयन भए माओवादीलाई कसैले छुन नसक्ने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।