अन्तरविद्यालय वक्तृत्वकलामा बूढानिलकण्ठी सेविका प्रथम

विराटनगर । राष्ट्रिय शिक्षा दिवसका अवसरमा विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले आयोजना गरेको अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा बूढानिलकण्ठ स्कुलकी छात्रा सेविका दाहाल प्रथम भएकी छन् ।

‘युवाहरूको विदेशमोह र देशको भविष्य’ शीर्षकमा आयोजित प्रतियोगितामा २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै सेविका प्रथम भएकी हुन् । कवि एवं पत्रकार मीनकुमार नवोदित र साहित्यकार निर्मला कोइरालाको निर्णायक समितिले अर्पण सेकेण्डरी स्कुलकी प्रश्ना खड्कालाई द्वितीय र सिद्धार्थ शिशु सदनकी स्वामिका ढकाललाई तृतीय घोषणा गरेको थियो । त्यस्तै प्रतियोगितामा डन बस्को सेकेण्डरी स्कुलकी छात्रा सुष्मा बुढाथोकी र ग्रिनल्याण्ड सेकेण्डरी स्कुलका मयाङ्क मिश्र सान्त्वना भएका थिए ।
विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन गराई विद्यालय–विद्यालयबीचको सम्बन्ध प्रगाढ बनाउँदै विद्यार्थीहरूमा प्रतिस्पर्धी क्षमताको विकास गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रिन्सिपल अर्जुन श्रेष्ठले बताए ।

अबदेखि शिक्षा दिवसका अवसरमा हरेक वर्ष वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने उनको भनाइ थियो । विजेता विद्यार्थी र विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि प्याब्सन कोशी प्रदेशका अध्यक्ष टीकाराम ढकाल, कोषाध्यक्ष राजेश आचार्य, प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाल, कोषाध्यक्ष विष्णु डंगोल, वरिष्ठ सल्लाहकार सावित्री पराजुली, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, सचिव अशोक लामा, सहसचिव हिरा थापा, कोषाध्यक्ष नन्दलाल मण्डल, सहकोषाध्यक्ष गोपाल रिजाल, सदस्य यादव प्रधान, निर्णायकद्वय मीनकुमार नवोदित, निर्मला कोइराला, आयोजक विद्यालयका प्रिन्सिपल अर्जुन श्रेष्ठ, निर्देशक भरत सापकोटालगायतले पुरस्कार, प्रमाणपत्र, मेडल र ट्रफी वितरण गरेका थिए ।

प्रतियोगितामा विजयी हुनेहरूलाई क्रमशः ५, ३, २ र १ हजार नगद पुरस्कारका साथ प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो । सहभागी सबै विद्यार्थीलाई मायाको चिनोसमेत प्रदान गरिएको प्रिन्सिपल श्रेष्ठले बताए । सम्बोधन, विषय प्रवेश, विषयको सान्दर्भिकता, मौलिकता, पुष्ट्याइँ, भाषाशैली, प्रस्तुतीकरण, निष्कर्ष, समय पालनलगायतलाई आधार मानेर निर्णय गरिएको प्रतियोगिताका प्रमुख निर्णायक नवोदितले जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरूले पाठ्यपुस्तकको अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिन विद्यार्थीहरूलाई आग्रह गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।