संविधान दिवसमा विराटनगर महानगरद्वारा वृक्षारोपण

विराटनगर । संविधान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।

विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरणलाई सफल पार्न महानगरले वृक्षारोपण गरेको हो ।

महानगरले शनिमन्दिर उत्तरका डिभाइडर (मेडियम)मा विभिन्न जातका विरुवा रोपेको हो । महानगरकी उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाल, नगर प्रहरी प्रमुख राजन पौडेल, बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका संयोजक वेनिगोपाल मुन्दडालगायतले वृक्षारोपण गर्नुभएको थियो । उपमेयर कार्कीले विराटनगरमा पछिल्लो समय स्वतस्फुर्त वृक्षारोपणको अभियान चलिरहेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले सबैको साथ र सहयोगले मात्रै विराटनगरलाई हरियाली बनाउन सकिने बताउनुभयो ।

विराटनगरमा कार्यालय रहेका बैंक तथा वित्तीय संस्थाहरु सहयोगमा महानगरले बरगाछी–रानी सडक सौन्दर्यकरण जारी रहेको छ । हालसम्म महेन्द्रचोकदेखि बरगाछीसम्मका सबै डिभाइडरमा तारजाली लगाउने र विरुवा रोप्ने कार्य सकिएको छ । बैंकहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग उपलब्ध गराइरहेका छन् ।

हालसम्म ११ वटा बैंक तथा वित्तीय संस्थाहरुले १८ हजार ५० हजार रुपैयाँ परियोजनाको खातामा जम्मा गराइसकेका छन् । प्रदेश राजधानीसमेत रहेको विराटनगरमा ४२ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । ५ किलोमिटर लम्बाई रहेको बरगाछी–रानी सडकमा ४६ वटा मेडिएम (डिभाइडर) छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।