संविधान दिवसका अवसरमा वादविवाद प्रतियोगिता,अरनिको स्कुलको कविसा उत्कृष्ट

विराटनगर । संविधान दिवसका अवसरमा विराटनगरस्थित अरनिको उच्च माविले वादविवाद प्रतियोगिता आयोजना गरेको छ ।

‘बढ्दो वैदेशिक पलायन ः रहर कि बाध्यता’ शीर्षकमा आयोजना गरेको प्रतियोगितामा २७ जना प्रतिस्पर्धीलाई उछिन्दै कविसा पोखरेल प्रथम भइन् । त्यस्तै समीर कटुवाल द्वितीय, आव्या घिघिरे तृतीय र शिक्षा यादवले सान्त्वना स्थान प्राप्त गरेका थिए । कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक रहेको समितिले पुरस्कृतहरूको नाम घोषणा गरेको थियो ।

विद्यालयका शिक्षकद्वय टंकनाथ कोइराला र शिवकुमार लम्सालसमेत निर्णायक समिति रहेका थिए । विषयवस्तुको ज्ञान, तार्किक क्षमता, प्रस्तुतीकरण, भाषाशैली, समय पालनलगायतलाई मुख्य आधार मानेर पुरस्कृतहरूको नाम छनौट गरिएको प्रमुख निर्णायक नवोदितले बताए । विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन र तार्किक क्षमता वृद्धि गराउने उद्देश्यले वादविवाद प्रतियोगिता आयोजना गरिएको प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए ।

विजेता विद्यार्थीलाई पिन्सिपल कार्कीसहित निर्देशक भरतराज दाहाल, निलम अधिकारी, योगेश राजभण्डारी, निर्णायकहरू मीनकुमार नवोदित, टंकनाथ कोइराला, शिवकुमार लम्साल, कार्यक्रम संयोजक विमल भट्टराईलगायतले पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए ।

विद्यालयले पाठ्यक्रमको पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकतामा राखेर विभिन्न प्रतिस्पर्धा आयोजना गर्दै आएको कार्यक्रम संयोजक विमल भट्टराईले जानकारी दिए । यसअघि राष्ट्रिय बाल दिवसका अवसरमा विद्यालयले कविता प्रतियोगिता आयोजना गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।