विराटनगर महानगरद्वारा स्वरोजगारमूलक विभिन्न तालिम सञ्चालन गर्दै

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरवासीलाई बेरोजगार युवालाई स्वरोजगारमूलक बनाउन विभिन्न योजना अघि सारेको छ ।

महानगरले सीपमूलक तालिम सञ्चालन गरेर स्वरोजगार बनाउन विभिन्न तालिम सञ्चालन गर्दै आएको छ । यसै सन्दर्भमा ई–रिक्सा मर्मत र गार्मेन्ट फेब्रिकेटर तालिमका लागि महानगरले हालै सूचना जारी गरेको छ । महानगर र स्वीस कन्ट्रयाक्ट स्टेप अफ परियोजनाको आर्थिक सहयोग र आसमान नेपालको समन्वयमा बेरोजगार युवाहरुलाई सीप तथा क्षमता विकासको तालिम सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ ।

ई–रिक्सा मर्मत तालिमका लागि ४० र गार्मेन्ट फेब्रिकेटर तालिमका लागि ४० जनाको कोटा तोकिएको छ । तालिमका लागि विराटनगर महानगरमा स्थायी बसोबास गरेको व्यक्तिलाई पहिलो प्राथमिकता राखिने मेयर नागेश कोइरालाले बताउनुभयो । ‘हातमा सीप भएमा जहाँसुकै पनि काम पाउन सकिन्छ,’ मेयर कोइरालाले भन्नुभयो, ‘सीप भएमा जागिर खानैपर्छ भन्ने छैन । आफै स्वरोजगार पनि हुन सकिन्छ । महानगरको उद्देश्य पनि युवाहरुलाई स्वरोजगार बनाउने रहेको छ ।’ मेयर कोइरालाले जागिर खानका लागि डिग्रीको सर्टिफिकेट र हातमा सीप हुनुपर्नेमा जोड दिनुभयो । युवाहरुलाई स्वरोजगार बनाउन विभिन्न योजना अघि सारेको उहाँको भनाइ थियो ।

ई–रिक्सा तालिमका लागि कम्तीमा ८ कक्षा पास गरेको र गार्मेन्ट फेब्रिकेटरका लागि सामान्य सिलाई कटाईको अनुभव भएको हुनुपर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराुजलीले जानकारी दिनुभयो । पराजुलीले आवश्यक कागजातका साथ आवेदन फारम भर्न आग्रहसमेत गर्नुभयो । महानगरले यसअघि पञ्चेबाजा, सिलाईबुनाई, अगरबत्तीलगायत विभिन्न तालिम सञ्चालन गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।