मोरङको पथरीमा ससुराको हत्या गरेर ज्वाईं फरार,छोरी विदेशमा

मोरंग । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकमा ६० वर्षीय चन्द्रबहादुर तामाङको शव फेला परेको छ । हत्या गरिएको अवस्थामा तामाङको शनिबार बिहान ७ः२० बजे आफ्नै घरमा भेटिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए।

स्थानीयले घटनाको जानकारी दिएलगत्तै प्रहरी पुगेर घटनास्थललाई सुरक्षित राखेको थियो। घटनापछि तामाङका ज्वाईं अन्दाजी २५ वर्षीय रविन राई फरार रहेकाले खोजीकार्य तीव्र पारिएको उनले बताए । मृतक तामाङको दुई वटा घर भएकाले पुरानो घरमा ज्वाई रविन राई र नया घरमा नयाँ घरमा ससुरा बस्ने गरेको बताईएको छ । स्थानीयहरुका अनुसार छोरी भने विदेशमा रहेको बताए पनि कुन देशमा छिन् केहि खुलाएन्।

ससुरा ज्वाई फरक -फरक घरमा बस्ने गरेको भएता पनि खान भने सँगसँगै खाने गरेका थिए। शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ। घटनास्थल पथरी बजारबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ ।

पछिल्लो समय मोरङमा अपराध जन्य गतिविधि बढ़दै गएको छ। गत महिना मात्र मोरङको सुन्दरहरैचा – ७ मा आफ्नै आमाले दुई नावालिका छोरीलाई बिष सेवन गराएर हत्या गरेकी थिईन्।-माइपोखरी न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।