झापा र सुनसरीबाट लागुऔषध सहित ९ जना पक्राउ

बिराटनगर, असोज ६ गते । झापा र सुनसरीबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज ५ गते झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इलाम सुर्योदय नगरपालिका-६ का २८ बर्षीय अनिल प्रधानलाई २ ग्राम ब्राउन सुगर सहित र भद्रपुर नगरापालिका-९ का ३१ वर्षिय सरेन किश्कु, मेचिनगर-१४ का २९ वर्षिय रबिन ढोली, कमल गाउँपालिका-२ का २४ वर्षिय साहिल दर्नाल, भद्रपुर-९ का २९ वर्षिय सामेल मगरलाई ४१० मिलिग्राम ब्राउन सुगर सहित प्रहरी चौकी घोडामाराले पक्राउ गरेको छ ।

त्यसैगरी बिशेष सुचनाको आधारमा सुनसरीको इलाका प्रहरी कार्यालय लौक‍हीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-१ स्थितबाट को. ६ प ३०६७ नम्बरको मोटरसाईकलमा सवार रहेका ईटहरी उप-महानगरपालिका-१७ का २४ बर्षीय समिम मिया र रामधुनी नगरपालिका-३ का २८ वर्षिय अमित चौधरीलाई ५ ग्राम २५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय लौक‍ही र लागू औषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले ईनरुवा नगरपालिका-५ का ३० वर्षिय रबिन पोखरेल र सिन्धुपालचोक मेलम्ची नगरपालिका-१० का २९ वर्षिय बिकास अधिकारीलाई २१ ग्राम ८७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।