विद्युत महशुल र नदीको टेण्डर बारे फतुवा विजयपुर प्रशासनलाई ज्ञापनपत्र

सञ्जय मिश्रा, रौतहट । मेयर बिहिन रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरवासीको विद्युत महशुल तिर्न र लालबकैया नदीको टेण्डर आहृवान गर्न सर्वदलीय समितिले ज्ञापनपत्र बुझाएको छ।

सर्वदलिय सर्धष समितीका अध्यक्ष शिवपुजन यादवको नेतृत्वमा गएको टोलीले फतुवा बिजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहलाई  ज्ञापनपत्र बुझाएको हो ।

नगरक्षेत्रका सबै नागरिकको गत असार मसान्त देखि यस आर्थिक बर्षको विद्युत महशुल बुझाउनु पर्ने, लालबकैया नदीको तत्काल टेण्डर आह्वान गर्नुपर्ने ज्ञापनपत्र मार्फत माग गरिएको छ ।

त्यसैगरी लालबकैया नदीबाट हाल भईरहेको नदी जन्य पदार्थको चोरी तस्करी, अबैध निकासी तत्काल रोक्नुपर्ने र टेण्डर पश्चात मानव जनशक्ती लगाई बालुवा गिट्टी उत्खनन गर्ने, ट्याक्टरबाट ढुवानी गर्नुपर्ने, जेसिवी डोजर, टिपरलाई नदीमा प्रवेश निषेध गर्नुपर्ने माग गरिएको छ ।

लालबकैया नदीमा जेसिवी, डोजर, टिपरको प्रयोगले नदीमा अनियन्त्रित उत्खनन हुने र स्थानिय  गरिब बिपन्न मजदुरहरु बेरोजगार हुनेगरेको सर्वदलीय बैठकको निष्कर्ष रहेको छ ।

त्यसैगरी आर्थिक बर्ष २०७७/०७८ र २०८०/ ०८१को फतुवा बिजयपुर नगरपालिकाको सबै शिर्षसकहरूको आम्दनी खर्चको प्रमाणित कागजातहरू नियमानुसार उपलब्ध गराईनु पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

सर्वदलीय संघर्ष समितिका अध्यक्ष शिवपुजन यादवको नेतृत्वमा गएका ज्ञापनपत्र बुझाउने टोलीमा समाजवादीका बुधाई खान, माओवादीका लालबाबु पटेल, केशव शिवाकोटी, एमालेका उपेन्द्र यादव, कांग्रेसका कुमार शिवाकोटी, जसपाका विजय चौधरी, आमजनता पार्टीका प्रतिनिधि तथा पूर्व वडा अध्यक्ष दीप नारायण साह लगायतको सहभागिता रहेको थियो।

ज्ञापनपत्र  बुझ्दै प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार साहले सम्पूर्ण माग लाई नगर कार्यपालिका बोर्डको बैठकमा पेस गरी हुने निर्णय अनुसार अविलम्ब कार्वान्यनको लागी पहल गर्ने प्रतिवद्धता जनाएको संघर्ष समितिका अध्यक्ष यादवले जानकारी दिएका छन् ।

फतुवा बिजयपुर नगरपालिकाका तत्कालीन मेयर गोपाल राय यादव गत निर्वाचन लगत्तै लालबकैया नदीको टेण्डरको मुद्दामा अख्तियारसंगै बिशेष अदालतबाट भ्रष्टाचारी ठहर भएसंगै उनी निलम्बित भएका थिए ।

उनी निलम्बित भएपछि उपमेयर अम्बेया खातुन कार्यवाहक मेयरको जिम्मेवारि सम्भाल्दै आएकी छिन् । तर दुई बर्षको कार्यकालमा हालसम्म लालबकैया नदीको टेण्डर हुनसकेको छैन । 

कार्यवाहक मेयर खातुनको पहलमा गत आर्थिक वर्षमा नगरभरिका नागरिकको विद्युत महशुल एकमुष्ट पालिकाले नेपाल विद्युत प्राधिकरण मौलापुर शाखालाई बुझाएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।