४५ औ पर्यटन दिवसको अवसरमा महोत्तरीमा पर्यटन सप्ताहको घोषणा

बिशाल बस्नेत /७ असोज, महोत्तरी  । होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले ४५ औ पर्यटन दिवसको अवसरमा पर्यटन सप्ताहको घोषणा गरेको छ ।

गृह जिल्ला महोत्तरीमा वाहय र आन्तरिक पर्यटकहरुको लागि खान वस्ने छुट सहित विभिन्न कार्यक्रमहरुको आयोजना गरेको हो ।

होटल हवकोरुपमा विकास हुँदै गएको बर्दिवास लगायत महोत्तरीका होटलहरुले आवासको लागि २५ प्रतिशत र खानाको लागि १५ प्रतिशत छुटको घोषणा गरेका छन भने अथिती सत्कारको लागि चोक र सडकहरुको सरसफाई ७ असोजदेखि नै पारम्भ गर्ने पर्यटन व्यवसायीहरुले जनाएका छन ।

नगर साँस्कृतिक तथा पर्यटन वोर्ड, होटल पर्यटन व्यवसायी संघले आयोजना गरेको सयुक्त पत्रकार सम्मेलनमा होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले पर्यटन दिवसको अवसरलाई पर्यटन विकासको लागि नया अध्यायकोरुपमा सुरु गर्ने वताए ।
११ असोजमा मनाईने पर्यटन दिवसको अवसर पारेर व्यवसायी संघ महोत्तरीले त यस क्षेत्रमा कलम चलाउने ३ जना पत्रकारलाई सम्मान गर्ने तयारी गरेको छ ।

संघका अध्यक्ष गुन्ज कार्कीका अनुसार पर्यटन पर्वद्वन र विकासमा योगदान पुर्‍याउने ३ जना पत्रकारलाई जनही १५ हजार नगद सहित पुरुस्कृत गरिने छ ।

यसका लागि कार्यविधि वनाएर मुल्यांकन समिती वनिसकेको र छनोट प्रक्रिया अगाडि बढीरहेको अध्यक्ष कार्कीको भनाई छ ।

बर्दिवासमा हुने उक्त कार्यक्रममा  विहानदेखि नै  प्रभातफेरि कार्यक्रमको साथै अन्तर्कृया कार्यक्रम राखिएको छ भने महोत्तरीका सम्भावित पर्यटकिय क्षेत्रहरुको विषयमा गहन छलफल गरिने संघका माहासचिव नारायण घिमिरेले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।