बिर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा लिम्बूको मृत्यु

बिर्तामोड, असोज ८ । झापको बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।

हिजो राति ८ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका यामबहादुर लिम्बूको उपचारको क्रममा आज बिहान ०२ः४० बजे बिएन्डसी अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड-६ कुमारीचोकमा चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १–०१–०१३ प २८०९ नम्बरको मोटर साइकलले पैदलयात्री बिर्तामोड-६ बुट्टाबारीका ६२ वर्षीय लम्बूलाई ठक्कर दिएको थियो ।

ठक्कारबाट लिम्बूको टाउको र खुट्टामा चोट लागेरको प्रहरीले जनाएको छ । उनलाई तत्काल बिएन्डसी अस्पताल ल्याएर उपचार भइरहे पनि आज बिहान मृत्यु भएको हो ।

प्रहरीले मोटरसाइकल चालक बुद्धशान्ति-४ का ३२ वर्षीय विकास लिम्बूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ ।-झापाटुडे

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।