विद्यालयमा गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि रौतहटमा बिहानमा कक्षा सञ्चालन

सञ्जय मिश्रा, रौतहट । पछिल्ला केही दिनदेखि बढ्दो गर्मीका कारण रौतहटका कैयौं विद्यालयको कक्षा कोठामै बिद्यार्थीहरु बेहोस हुन थालेका छन् ।

गर्मीको कारण विधार्थी बेहोस हुन थालेपछि अधिकांस विद्यालयमा बिहानको कक्षा सञ्चालन गरिएको छ । अत्याधिक गर्मी बढेका कारण सोमवार स्थानीय राजदेवी नगरपालिका स्थित रहेको श्री माध्यमिक विद्यालय पथरामा ४ जना छात्रछात्राहरु बेहोस भएका थिए । जिल्ला शिक्षा समन्वय ईकाई रौतहटका एकजना अधिकृत उपेन्द्र सिंहका अनुसार गर्मीको कारण अचेत भएका ती विद्यार्थीको मुखबाट सेतो फिज निक्सिएको थियो ।
विद्यालयमा गर्मीबाट बिद्यार्थीहरुलाई बचाउन  राजदेवी नगरपालिकामा विद्यालय सञ्चालनको समय बिहानको ६: ३० बजे गरिएको सिंहले बताएका छन् । गर्मीकै विद्यार्थीमा समस्या देखिन थाले पछि चन्द्रपुर नगरपालिकाले आज देखि १६ गतेसम्मका लागि बिहान ६ बजेदेखि बिद्यालय सञ्चालन गर्न सूचना जारी गरेको छ।

त्यस्तै कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिल कुमार निधिले आजदेखि अर्को सूचना नहुन्जेल सम्मका लागि नगरको सम्पूर्ण विद्यालय बिहान ६: ३० देखि सञ्चालन गरिएको जानकारी दिएका छन् । त्यस्तै देवाही गोनाही नगरपालिकाले पनि बिद्यालय सञ्चालनको समय बिहान ६: ३० देखि गरेको श्री माध्यमिक बिद्यालय कर्कच गूठीका प्रधानाध्यापक पवन पन्डितले बताएका छन् । 

१८ पालिका रहेको रौतहटका अधिकांश पालिकामा गर्मीबाट विधार्थी बचाउन बिहानमा कक्षा सञ्चालन गरिएको छ । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।