इलाममा दम्पती मृत फेला

झापा । इलामको सन्दकपुरमा एक दम्पती मृत फेला परेका छन् ।श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

सन्दकपुर–१ भित्ते बस्ने वर्ष अन्दाजी ४६ का उजबहादुर राई र उनकी श्रीमती वर्ष अन्दाजी ४० की फुलमाया राई मृत फेला परेका हुन् ।

घरदेखि अन्दाजी १५ मिटर दक्षिणमा रहेको गोरेटो बाटोमा फेला परेकी फुलमायाको टाउकोको पछाडि भागमा गहिरो चोट रहेको छ भने उजबहादुर उक्त घटनास्थलदेखि अन्दाजी ५० मिटर दक्षिण खोल्सामा रहेको निवाराको रुखको हाँगामा प्लाष्टिकको डोरीको पासो लगाई झुन्डिएका छन् ।

त्यस वडाका वडा अध्यक्षले आज बिहान ७ बजे घटनाबारे प्रहरीलाई खबर गरेका थिए । अजबहादुर र फुलमाया मात्र घरमा बस्ने गरेका थिए । उनीहरुका जेठा छोरा वैदेशिक रोजगारमा रहेका छन् भने कान्छा छोरा रोजगारकै क्रममा फिक्कलमा छन् । घटनाबारे अनुसन्धान भइरहेको इलाम प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।