उदयपुरमा मलामी गएर फर्किदै गरेको बस दुर्घटना
उदयपुर । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ५ घुम्नेबाट मलामी गएर फर्किदै गरेको बस प्रदेश १-०२-००१ ख ८२५३ को न्यु कृष्ण ट्राभल्स बेलका ८ सेतिखोलामा अनियन्त्रित भई दुर्घटना भएको छ ।
दुर्घटनामा परि घाइतेहरुलाई उद्दार गरि बेलका नगर अस्पताल र केहीलाई वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (घोपा ) पठाइएको छ ।


