झापा भद्रपुरकी एक महिलाको भारतमा हत्या
झापा । झापा भद्रपुरकी ३२ वर्षीय बबिता राजवंशी नामक महिलाको भारतमा हत्या भएको छ ।
उनको शव कुहिएको अवस्थामा पश्चिम बंगाल दार्जिलिङ जिल्ला खोरीबारी थाना अन्तर्गतको बिन्नागुरी ग्राम पञ्चायत हारिभिट्टा नजिकैको केरा बगानमा फेला परेको थियो।
केरा बगानबाट दुर्गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शव चिन्न नसकिने अवस्थामा कुहिएको र किरा परेको अवस्थामा थियो घटना भएको ५ दिन पछि मात्र कपडाको आधार मा शव पहिचान भएको हो।


