विराटनगरको भव्या इन्टरप्राइजेजमा आगलागी

विराटनगर । विराटनगर महानगरपालिका मुनालपथस्थित विद्युतीय सामग्रीको कारोबार गर्ने भव्या इन्टरप्राइजेजमा आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार महानगरपालिका-२ स्थित ब्याट्रीदेखि विद्युतीय साइकल र सिटी सफारीको कारोबार हुने इन्टरप्राइजेजमा बुधबार दिउँसो करिब २ बजे आगलागी भएको हो।

आगलागीबाट मनीष अग्रवाल सञ्चालक रहेको इन्टरप्राइजेजमा पूर्णरुपमा क्षति पुगेको छ। आगलागी भएको इन्टरप्राइजेज नजिक बजाज मोटरसाइकलको सोरुममा पनि क्षति पुगेको स्थानीयले बताएका छन्।

इन्टरप्राइजेजमा विद्युत सर्ट भएर आगलागी भएको अनुमान प्रहरीको छ। आगलागीपछि नियन्त्रणका लागि महानगरबाट ३ वटा र एउटा वारुणयन्त्र दुहबी नगरपालिकाबाट परिचालन भएका थिए।

सात दमकल पानी खर्चिएपछि आगलागि नियन्त्रणमा आएको महानगरका नगररक्षक प्रमुख राजन पौडेलले जानकारी दिए। इन्टरप्राइजेजमा आगलागिबाट पुगेको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।