नागरिकको सुरक्षानै पहिलो प्राथमिकामा राखेर काम गर्न डिआइजी आचार्यको निर्देशन

सञ्जय मिश्रा, रौतहट । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले नागरिकको सुरक्षानै पहिलो प्राथमिकामा राखेर काम गर्न निर्देशन दिएका छन् । उनले जस्तोसुकै विषम परिस्थितिमा पनि नागरिकको सुरक्षामा कुनै कमी नगर्न निर्देशन दिएका छन् ।

प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलो पटक जिल्लातर्फ निक्लेका डीआईजी आचार्यले जिल्ला प्रहरी कार्यालय रौतहटको अनुगमन निरीक्षणपछि जिल्लाका सम्पूर्ण यूनिट प्रमुखहरुलाई उक्त निर्देशन दिएका हुन् । प्रहरी संगठनले अंगिकार गरेका नीति , कार्ययोजना तथा प्राथमिकताहरुलाई दृढताका साथ कार्यान्वयन गरि नतिजामुलक प्रहरी सेवा प्रवाह गर्न गराउन उनले निर्देशन दिएका छन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कोठाको भेटीलेटर फोडेर थुनुवाहरु फरार भएको घटना स्मरण गर्दै डिआईजी आचार्यले हिरासतको अवस्था थुनुवाहरुको सुरक्षा लाई बिशेष प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।

आउनै लागेको वडा दशैं, तिहार, छठ जस्ता चाडँ पर्वको समय शान्ति सुरक्षा कायम राख्न निर्देशन दिएका छन्। उनले दिपावलीको समय राजधानी काठमाडौं सम्म अबैध तरिकाले भारतबाट पटाखा जानेगरेको हुँदा सीमाक्षेत्र बाट पटखा ल्याउनेकाम पूर्ण नियन्त्रण गर्न निर्देशन दिए । सिंगो मधेश प्रदेश चोरी तस्करीमा बदनाम भएकाले त्यसको नियन्त्रणसंगै आपराधिक क्रियाकलाप न्यून गर्न कडाई साथ निर्देशन दिएको उनले बताए ।

निरीक्षणको क्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका  प्रमुख एसपी दिलीप घिमिरेले डीआईजी आचार्य समक्ष जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन र भईरहेका विविध गतिविधिहरु लगायतका विषयमा जानकारी गराएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।