विराटनगरमा आगलागीबाट करोडौंको क्षति,प्रहरी र दमकलको सहयोगमा तत्काल नियन्त्रण

बिरानगर, असोज ०९ गते । मोरङको बिराटनगर महानगरपालिका-२ स्थित रहेको दुई पाङ्ग्रे ईलेक्ट्रिक सवारी साधनको सोरुममा आगलागी हुँदा प्रहरी र दमकलको सहयोगमा तत्काल आगो नियन्त्रण गरिएको छ ।

आज अपरान्ह ३ बजे भाबिया ईन्टरनेशनल इलेक्ट्रिक सोरुममा बिधुत सर्ट भई आगलागी हुँदा आगो नियन्त्रण गर्न तत्काल जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक नवराज कार्की सहित ५० जना प्रहरी टोली र ३ वटा बारुण यन्त्रको सहयोगमा पौने ४ बजे आगो पुर्णरुपमा नियन्त्रण गरिएको हो ।

आगलागीबाट सोरुममा रहेको ईलेक्ट्रिक स्कुटर साईकल ८० थान, ईन्भटर ६० थान, ब्याट्री २०० थान लगायत सोरुमा रहेका अन्य सामग्रीहरू समेत जलि करिव १ करोड ५० लाख बरावरको क्षेति भएको खुल्न आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖