खापुङ् भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर, असोज ०९ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रहरी जवान टिकाराज खापुङ्गलाई २०८१ साल भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित गरीएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुहमा कार्यरत प्रहरी जवान खापुङ्गले विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा भदौ ६ गते सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थित कोशी लोकमार्गमा धनकुटाबाट आउदै गरेको ट्रकमा ४४ वटा बोरामा रहेको १ हजार ४ सय २० किलोग्राम गाँजा सहित २ जनालाई र ईटहरी उप-महानगरपालिका-१ स्थितबाट २ सय ४३ किलो ५०० ग्राम तयारी गाँजा बोकेको कार सहित चालकलाई नियन्त्रणमा लिएको र भदौ १७ गते धरान-१३ निसाने स्थितबाट ४ वटा बोरामा ९८ किलोग्राम गाँजा बोकेको कार नियन्त्रणमा लिएको साथै भदौ २९ गते मोरङको ग्रामथान गाउँपालिका-४ स्थितबाट जुवा खेल्ने ९ जनाको समुह सहित जुवाको खालबाट १६ थान कौडा र १८ लाख ४९ हजार ५ सय रुपैया समेत बरामद गर्न सूक्ष्म रुपमा सूचना सङ्कलन तथा निगरानी गरी अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा निज प्रहरी जवान खापुङ्गले गरेको उत्कृष्ट कार्यहरुको उच्च मुल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले भदौ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरी पुरस्कृत गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।