विराटनगर महानगरमा एकमहिने सेवाकालीन प्रशिक्षण सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा विकास व्यवस्थापन तथा व्यावसायिक प्रवद्र्धन सेवाकालीन प्रशिक्षण सम्पन्न भएकोछ ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा एकमहिने तालिम बिहीबार सम्पन्न भएको हो ।

तालिममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक सन्तलाल श्रेष्ठ र उपनिर्देशक हरिकृष्ण कोइरालाले सहजीकरण गर्नुभएको थियो । समापन कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक कानुनलाल चौधरीले प्रतिष्ठानले देशभरका स्थानीय पालिकाका जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुलाई तालिम दिने गरेको जानकारी दिनुभयो । उहाँले सुगममा मात्रै नभएर प्रतिष्ठानले दूरदराजमा समेत पुगेर तालिम दिने गरेको सुनाउनुभयो । उहाँले तालिममा प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । चौधरीले सकारात्मक सोचका साथ अगाडि बढेमा जनअपेक्षाअनुसारका कार्यसम्पादन हुने बताउनुभयो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले एकमहिने तालिमले कर्मचारीहरुमा निखारता आउनुका साथै सकारात्मक सोचको समेत विकास भएको उल्लेख गर्नुभयो । उहाँले छिटोछरितो रुपमा सेवा प्रवाह गर्न सके सेवाग्राही सन्तुष्ट हुने बताउनुभयो ।

पराजुलीले तालिमले कर्मचारीहरुलाई सेवा प्रवाहमा छिटोछरितो र प्रभावकारी कार्यसम्पादनमा बल पुग्ने विचार राख्नुभयो । सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले स्थानीय तहमा काम गर्नेले कर्मचारीमा एउटै मात्रै क्षेत्रको ज्ञान र अनुभव भएर मात्रै नहुने बताउनुभयो । उहाँले सरकारी कार्यालयबाट हुने विभिन्न सेवा प्रवाहका विषयमा जानकारी हुनुपर्नेमा जोड दिनुभयो । एकमहिने तालिम कर्मचारीहरुको क्षमता विकासमा महत्वपूर्ण उपलब्धि भएको थपलियाको भनाइ थियो ।

कार्यक्रममा सहभागीहरुका तर्फबाट रमेश कार्की, हीरा यादव, संजीव भट्टराई, सुनिता पौडेललगायतले आफ्ना अनुभव सुनाउनुभएको थियो । स्तरवृद्धिका लागि सेवाकालीन प्रशिक्षण आवश्यक रहेकाले महानगरमा सो तालिम राखिएको महानगरको सूचना अधिकारीसमेत रहनुभएकी प्रशासन शाखाका अनिता कोइरालाले बताउनुभयो । सहभागीहरुका तर्फबाट प्रतिष्ठानका कार्यकारी निर्देशकसहित प्रशिक्षकहरुलाई सम्मान गरिएको थियो । हरेक दिन बिहान ६ देखि साढे १० बजेसम्म सञ्चालित तालिममा महानगरपालिकाका अधिकृतस्तर छैटौं तहका ४१ जना कर्मचारीहरु सहभागी भएको कोइरालाले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।