बर्दिवासका १४ घर परिवारलाई दिने मुआव्जाको लागि कानुनी आधार देखिएन- मन्त्री दाहाल

विशाल बस्नेत/ महोत्तरी । भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बर्दिवास रेल्वे स्टेशन निर्माणार्थ ओइलानी जग्गामा बसोबास गरिरहेकाहरुलाई मुआब्जा दिन सकिने  कानुनी आधार नभएको वताएका छन ।

निर्माणाधिन क्षेत्र वरपर वसोवास गर्दै आएका १४ घर परिवारलाई मुआब्जा प्रदान गर्न कानुनी आधार नभएतापनी क्षतिपूर्ति बापत दिन सकिने वाटोतर्फ सरकार अगाडि बढेको उनको भनाई छ ।

विहिबार भएको पत्रकार भेटघाट कार्यक्रममा लालपुर्जा भएका जग्गाधनीहरुलाई मुआब्जा प्रदान गरिसकेको वताउदै मन्त्री दाहालले ओइलानी जग्गामा बसेका १४ घरधुरीको लागि पनि छिट्टै निकास निकाल्ने वताए । रेल्वे स्टेशन र रेल्वे ट्र्याक वनाउने क्रममा व्यापक राजश्व छली भएको तर्फ पनि पत्रकारहरुले मन्त्री दाहाललाई ध्यानाकर्षण गराएका  छन ।

विशेषगरि बर्दिवास क्षेत्रमा निर्माणका क्रममा आएको नदीजन्य पदार्थमा मिलोमतोमा नै राजश्व छली भएको प्रमाणहरु रहेको पत्रकारहरुले दावी गरे । करोडौ राजश्व छली भएको विषयमा समबन्धित मन्त्रालयले कसरी हेर्छ भन्ने प्रश्नमा मन्त्री दाहालले अनुगमन निकायहरुसगँ छलफल गर्ने वताए ।

राजश्व छली कै विषयलाई लिएर नागरिक समाजले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।