इलाममा खोलाले बगाउँदा १ जनाको मृत्यु ,४ जना बेपत्ता

बिराटनगर, असोज १२ गते । इलामको माई नगरपालिका-८ सेते खोलाले बगाएर १ जना बृद्धको मृत्यु भएको छ भने खोलाले बगाएर झापामा ३ जना र मोरङमा १ जनाको मृत्यु भएको छ ।

असोज ११ गते दिउँसो माईनगरपालिका-८ का ६८ बर्षीय मैत बहादुर लिम्बु खोला तर्ने क्रममा खोलाले बगाएको अवस्थामा स्थनिय मानिसहरुले फेला पारी उद्धार गरी उपचारको लागी लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको थियो ।

सोही दिन झापाको कचनकवल गाउँपालिका-१ स्थित जमुवा खोला तर्ने क्रममा स्थानिय पन्चु राजवंशीको १४ बर्षीया छोरी नेहारिका राजवंशीलाई बगाई बेपत्ता बनाएको छ यसै गरी कमल गाउँपालिका-१ का ३५ बर्षीय टिकाराम चौधरी कृष्ने खोलामा माछा मार्ने क्रममा खोलामा डुबी बेपत्ता भएका छन भने गौरीगंज गाउँपालिका-२ स्थित सुकुमबासी टोल का ५५ बर्षीय केनालाल राजवंशी घर नजिकै रहेको कृष्णे खोलामा हाम्फाल्दा बेपत्ता भएका छन ।

असोज १० गते मोरङको रतुवामाई नगरपालिका-७ की ७२ बर्षीया डुरो देवी राजबंशी झापाको गौरादहबाट मोरङको सिजुवा आउने क्रममा रातुवा खोला तर्दा खोलाले बगाई बेपत्ता बनाएको छ । प्रहरीद्वारा बेपत्ता भएकाहरुको खोजी कार्य भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।