ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौ । अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको यो पहिलो टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेल हो।

डलास स्थित ग्राण्ड प्रेरिमा नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले पुरै २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो। नेपाल १७ रनले विजयी भयो।

अमेरिकाको लागि शायन जहाँगिरले अविजित अर्धशतक बनाएता पनि जितको लागि पर्याप्त रहेन। उनले ३४ बलमा ६ चौका र २ छक्का प्रहार गरे। आन्द्रेस गोसले ३०, मिलिंद कुमारले २२ तथा जस्दिप सिंहले १६ रन योगदान दिए।

लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गरेको अमेरिकाले ५६ रनमा ४ विकेट गुमायो। पाँचौ विकेटको लागि शायन जहाँगिर र मिलिंद कुमारले ३८ रनको साझेदारी गर्दै इनिंग्स उकासेका थिए। तर अर्को किनारमा लगातार विकेट लिंदै नेपालले खेलमा अन्तिम सम्म दबाब बनाई राख्यो।

नेपालको बलिंगमा दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३ ओभरमा २७ रन खर्चिए। रिजन ढकाल, करन केसी र गुल्सन झाले समान १ विकेट लिए। एक विकेट नेपालले रन आउट मार्फत पायो।

टस हारेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट क्षेतीमा १६४ रन बनायो।

नेपालको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए जुन क्रममा उनले ३३ बलमा ४ चौका र १ छक्का प्रहार गरे। दिपेन्द्र सिंह ऐरीले १७ बलमा २ चौका र १ छक्का मद्दतले २८ रन बनाए। ओपनरद्वय अनिल साह र आसिफ शेखले समान २७ रन बनाए। अनिलले १८ बलमा २ चौका र १ छक्का तथा आसिफले २७ बलमा ४ चौका प्रहार गरे। गुल्सन झाले ११ तथा कुशल भुर्तेलले १३ रन बनाए।

ओपनर अनिल र आसिफले नेपाललाई राम्रो सुरुवात दिलाउने क्रममा ४८ रनको ओपनिंग साझेदारी गरेका थिए। छैठौं ओभरमा अनिललाई अलि खानले एलबिडब्लु पारे। त्यसपछि आसिफ र कुशलले दोश्रो विकेटको लागि २१ रन जोडे। दशौँ ओभरमा आसिफ र एघारौं ओभरमा कुशलले विकेट गुमाउन पुगे। गुल्सन झा पनि लामो समय क्रिजमा जम्न सकेनन्। पाँचौ विकेटको लागि रोहित र दिपेन्द्रले ६६ रनको साझेदारी गर्दै नेपालको इनिंग्स उकासे। उन्नाईसौं ओभरमा दिपेन्द्रको विकेट पछि नेपालले बाँकि ७ बलमा ४ विकेट गुमायो।

अमेरिकाको बलिंगमा सौरभ नेत्रभाल्कर, जस्दिप सिंह र हर्मित सिंहले समान २ विकेट लिए। अलि खान र नोस्थुस केन्जीगेले १/१ विकेट लिए।

सिरिज अन्तर्गत आगामी खेल अक्टोबर २० र २१ तारिखमा खेलिनेछ। दुवै खेल नेपाली समय विहान ५:४५ बजे सुरु हुनेछ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।