कांग्रेसले संचालन गरेको एक सय दिने बिशेष अभियानको आज धनकुटामा उद्घाटन
धनकुटा,३ कार्तिक । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा.डिला संग्रौलाले सहकारी मार्फत बचत कर्ताको रकम हिनामिना र सहकारी ठगी गर्ने जुन सुकै पाटीको नेतालाई कानुन बमोजिम कानुनी दायरामा ल्याउनु पर्ने बताएकी छन् ।
नेपाली कांग्रेसले संचालन गरेको एक सय दिने बिशेष अभियानको धनकुटामा आज उत्घाटन कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य संग्रौललाले यस्तो बताएकी हन् ।
संग्रौलाले सहकारी संस्था मार्फत बचत कर्ताको रकम हिनामिना गर्ने जुनु सुकै पाटी र तहको नेता भए पनि कारबाही हुनु पर्ने र कुनै पनि पाटीले सहकारीको रकम हिना मिना गर्नेलाई जोगाउन तर्फ लाग्न नहुने उनको तर्क थियो साथै उनले नेपाली कांग्रेसले सुरु गरेको एक सय दिने बिशेष अभियानले नेपाली कांग्रेसमा नयाँ उर्जा ल्याउने र अभियान लाई प्रभावकारी र बिशेष बनाउँनु पर्ने उनको भनाई थियो ।
कांग्रेस सशक्त भएमा मात्र मुलुकमा समृद्धि र सुसाशन कायम हुने भएकोले आजको आवश्यकता बलियो कांग्रेस रहेको समेत उनको भनाई थियो । कांग्रेस लाइै बलियो र सक्षम बनाउन नेता कार्यकर्ता गाउँ गाउँ र टोल बस्तीमा अहिले पनि पुगि रहको र आगामी दिनमा अझै प्रभावकारी रुपले पुग्नु पर्ने उहाँको भनाई थियो ।


