कांग्रेस धनकुटाले क्षेत्रिय कार्य समिति संग गर्यो पार्टीको १०० दिने विशेष अभियानको बारेमा छलफल
धनकुटा । पार्टीको १०० दिने विशेष अभियानकाे बारेमा नेपाली कांग्रेस धनकुटाले मंगलवार दुबै प्रदेश सभा क्षेत्रिय कार्यसमिती सँग छलफल तथा अन्तरक्रिया गरेकाे छ ।
छलफलमा नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश राईले पार्टीकाे याे अभियानमा स-शक्त रुपमा परिचालित हुन प्रदेश सभा क्षेत्रिय कार्य समितीलाई निर्देशन दिनु भएकाे छ । छलफलकाे क्रममा उहाँले क्षेत्रिय सम्मेलन गर्नका लागि पनि आग्रह गर्नुभयाे ।
त्यस्तै जिल्ला सचिव विजय सन्ताेषी राईले १०० दिने विशेष अभियानमा क्षेत्रिय कार्य समितीले गर्नुपर्ने कार्य याेजनाकाे बारेमा सहजिकरण गर्नु भएकाे थियाे ।
छलफलमा संविधानसभा सदस्य लिला सुब्बा,महासमिती सदस्य सुमना तिम्सिना,पार्टीका सूचना तथा प्रचार-प्रसार समितीका सदस्य राजु मास्के,नेपाल तरुण दल केन्द्रीय सदस्य तिलक महत,प्रदेश सभा (क) क्षेत्रिय कार्य समिती सभापति जितेन्द्र रुम्दाली राई,प्रदेश सभा (ख) क्षेत्रिय सभापति राजन पाैडेल लगायतले अभियानलाई सफल बनाउन क्षेत्रिय कार्य समितीले सम्पूर्ण शक्ति परिचालन गर्ने बताएका छन् ।


