कांग्रेसको १०० दिने विशेष अभियान अन्तर्गत धनकुटा नगरपालिका स्तरीय अभियानको उद्घाटन
धनकुटा । नेपाली कांग्रेसले सुरु गरेको पार्टीको १०० दिने विशेष अभियान अन्र्तगत धनकुटा नगरपालिका स्तरीय अभियानको उद्घाटन गरिएको छ ।
केन्द्रिय प्रतिनिधी तथा नेपाली कांग्रेसकी केन्द्रय सदस्य डा डिला संग्रौलाले आज एक कार्यक्रमका बिच अभियानको पानसमा वति बालेर उत्घाटन गर्नु भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राई, पूर्व सभापती हरिकुमार राई, प्रदेश कमिटी सदस्य नविन किशोर शाक्य लगायत नेपाली कांग्रेसका विभिन्न तह र निकायमा रहका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।


