एमाले इलामको अध्यक्षमा भट्टराईलाई हराउँदै बराल निर्वाचित
काठमाडौं । नेकपा एमाले इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित भएका छन्।
पार्टीको ११औँ अधिवेशनबाट प्रतिस्पर्धी नरेन्द्रनाथ भट्टराईलाई एक सय ८६ मतान्तरले हराउँदै बराल अध्यक्षमा निर्वाचित भएका हुन्। बरालले तीन सय ८१ मत प्राप्त गर्दा भट्टराईले एक सय ९५ मत मात्र प्राप्त गरे।
उपाध्यक्षमा उदयबहादुर राई,सचिवमा रामप्रसाद सुवेदी (रवीन्द्र) निर्वाचित भए। उपसचिव खुलामा रमेश राई निर्वाचित भएका छन्।
त्यस्तै उपसचिव महिलामा दिलकुमारी लिम्बू निर्वाचित भएका छन्।


