कांग्रेस धनकुटा प्रदेश सभा निर्वाचन क्षेत्रिय समिति (क) को क्षेत्रिय सम्मेलन पौष दोस्रो साता
धनकुटा । नेपाली कांग्रेस धनकुटा प्रदेश सभा निर्वाचन क्षेत्रिय समिति (क) को क्षेत्रिय सम्मेलन पौष दोस्रो साता गर्ने निर्णय गरेको छ ।
गत विहिवार सम्पन्न बैठकमा पार्टीका जिल्ला सभापति दिनेश राईले नेपाली कांग्रेस धनकुटामा पुस्तान्तरण भएको भन्दै अव रुपान्तरणका लागि सवै एकजुट भएर लाग्ने वताउनु भयो ।
त्यस्तै संविधान सभा सदस्य लिला सुब्बाले पार्टीको हरेक तहमा महिलाहरुलाई अर्थपूर्ण र निर्णायक ढंगले सहभागी गराउनु पर्नेमा जोड दिनु भयो । पार्टीका कोशी प्रदेशका सदस्य गोविन्द्र लिम्बुले १०० दिने विशेष अभियानलाई सफल बनाउन सवैक एकजुट भएर लाग्ने वताउनु भयो ।
जिल्लाका सचिव विजय सन्तोषी राईले नेपाली कांग्रेस धनकुटामा अव मुल्यांकनको परिपाटी शुरुवात भएकोले कामको आधारमा आगामी निर्वाचनमा टिकट वितरण गरिने उल्लेख गर्नुभयो ।


