नलगाडको उपप्रमुखमा माओवादी केन्द्रकी लामिछाने विजयी
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने विजयी भएकी छन् ।
उनी ४२७२ मतका साथ विजयी भएकी हुन्।
उनले काँग्रेसकी उम्मेदवार इन्द्र चन्द सिंहलाई पराजित गर्दै विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ।
यस्तै, एमालेकी सुनिता बोहराले २५४२ मत ल्याइन् ।


