एमाले लिखु गाउँपालिका कमिटीको अधिवेशन सम्पन्न, अध्यक्षमा भोला सेढाई निर्वाचित
उमेश खनाल, नुवाकोट । नुवाकोट जिल्लामा नेकपा (एमाले) लिखु गाउँपालिका कमिटीको दोश्रो गाउँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट भोला प्रसाद सेढाई अध्यक्ष, रामकृष्ण श्रेष्ठ उपाध्यक्ष, माधब प्रसाद दुलाल सचिब, राज कुमार ढकाल र सञ्जु राई क्रमशः उप सचिवको रूपमा निर्वाचित भएका छन्। कुल ३७ सदस्यीय सम्पूर्ण सदस्यहरु पनि चयन भएका छन्।
अधिवेशनमा नेकपा (एमाले) का पालिका स्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। निर्वाचन प्रक्रिया निष्पक्ष र पारदर्शी भएको बताइएको छ। अधिवेशनका क्रममा नेकपा (एमाले)को कार्ययोजना, आगामी रणनीति र स्थानीय तहको विकासका विषयमा छलफल भएको थियो।
नवनिर्वाचित अध्यक्ष भोलाप्रसाद सेढाईले आफ्नो कार्यकालमा गाउँपालिकाको समृद्धिका लागि प्रभावकारी योजना र कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उपाध्यक्ष रामकृष्ण श्रेष्ठले पनि गाउँपालिकाको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणका लागि सक्रियता बढाउने बताएका छन्।-नुवाकोट एक्स्प्रेस


