एमाले हेटौडा उपमहानगरपालिका अध्यक्षमा बोलबहादुर कार्की निर्वाचित

हेटौडा, २ पुस । नेकपा एमाले हेटौडा उपमहानगरपालिकाको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । 

अधिवेशनले बोलबहादुर कार्कीको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ । 

 

मतदान प्रक्रियामा कार्कीले १ सय ७६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जनरल श्रेष्ठ (जेन) ले १ सय ३३ मतमा सिमित हुनु परेको थियो ।

त्यस्तै, उपाध्यक्षमा राजकुमार बास्तोला १ सय ४३ मत प्राप्त गरी निर्वाचित हुदाँ उपाध्यक्षका अर्का उम्मेदवार धनबहादुर मोक्तानले ७४ र इन्द्रप्रसाद खतिवडाले ६८ मत मात्रै ल्याउन सकेका छन ।

सचिवमा शान्ता गौतम (प्रदीप) पनि मतदान प्रक्रियाबाट नै निर्वाचित हुनुभएको छ । गौतमले १ सय ९७ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रकाश बानियाँले ८७ मत र्पाएका छन ।

उपसचिव खुलामा शान्तकुमार तामाङ ७४ मत ल्याएर निर्वाचित हुदाँ उनका प्रतिस्पर्धीहरू सुरेश मिजारले ६७, कवि रेग्मीले ४१, भीम तिमल्सिनाले ३४, शिवबहादुर थापाले ३९ र अर्जुनप्रसाद अर्यालले ३१ मत ल्याएका थिए ।

महिला उपसचिवमा चन्द्रावती पनेरु (अधिकारी) ले १ सय ४६ मत ल्याइ निर्वाचित हुदाँ  उपसचिवका अर्का उम्मेदवार रञ्जिता सिलवालले ७९ र जुना दङ्गालले ६९ मतमा सिमित भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।