पार्टीभित्र सद्‍भाव, एकता र मेलमिलाप अति आवश्यक : नेता बलायर

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम पार्टी सभापति एवं प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले पार्टीभित्र रहेका साथीहरूबीच आपसी सद्‍भाव, एकता र मेलमिलाप आवश्यक रहेको बताएका छन्। निर्वाचन क्षेत्र बस्ती भेटघाट कार्यक्रममा कार्यकर्ता भेटघाटका क्रममा सभापति बलायरले उक्त कुरा बताएका हुन्। 

अहिलेको अवस्थामा फरक विचार राख्नेसँग मिलेर कार्य गर्नु परिरहेको स्मरण गर्दै आफ्नै पार्टी भित्र एक अर्काप्रति कटाक्ष गर्दै वैमनस्य गर्ने र आपसमा द्वन्द्व निम्ताउने कार्य अन्त्य गर्नु पर्ने उनले बताए। बलायरले आफूले प्रदेशमा सकेजति राम्रा काम गरिरहेकाले अहिले नै धैर्यता नगुमाउन कांग्रेसका नेता कार्यकर्तालाई आग्रह गरे। 

‘सकिने कुरामा लागेकै छु। म निर्वाचित हुनुअघि गोदावरीमा लास जलाउन निकै समस्या थियो। अहिले त्यो समस्या  समाधान भएको छ। कांग्रेसका नेता कार्यकर्ताले अतालिनु हुँदैन। धैर्यता राखेनौं भने देशको अवस्था झन् नाजुक बन्छ,’ उनले भने।

आफ्नो निर्वाचन क्षेत्रमा विगतभन्दा केही फरक गरेर देखाउने उनले बताए। मंगलबार निर्वाचन क्षेत्रका वस्ती भेटघाटका क्रममा उनले विगतभन्दा केही राम्रो र प्रत्यक्ष जनताले देख्ने किसिमको विकास आफ्नो निर्वाचन क्षेत्रमा गर्ने उनको दाबी छ।

‘काम गरौंला, गर्ने हुँ, चुप लाग्ने होइन। काम गर्न तपाईंहरूले मलाई निर्वाचित गरेर पठाउनुभएको हो,’ बलायरले भने। उनले अहिले देशको आर्थिक अवस्था कमजोर भएकाले काम गर्न केही असहज भइरहेको बताएका छन्। 

‘म स्याउलेमा कृषिको अनुसन्धान केन्द्रका लागि लागिरहेको छु। हजपुरबाट निगालीसम्म ५५ करोडको ठेक्का परिसकेको छ। गोदावरी नगरपालिकामा एडिबीका सात वटा सडकका लागि ४० करोड विनियोजनको निर्णय भएको छ। कान्द्रा नदीलाई सदाका लागि अटल गर्नका विश्व बैंकसँग कुरा गरिसकेको छु। यस्तो महत्त्वका थुप्रै योजना ल्याउन र सफल कार्यान्वयन गर्न मेरो अहम् भूमिका रहने छ,’ उनले भने।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।