फोहोरलाई मोहर वनाउने बर्दिवासको योजना ७ बर्षपछि कार्यान्वयनमा

बिशाल बस्नेत/ महोत्तरी, ६ पुस। स्थानीय सरकार संचालन भएको सात बर्षपछी महोत्तरीको बर्दिवासमा फोहोर व्यवस्थापनको नया अध्याय सुरु भएको छ ।

अघिल्लो स्थानीय सरकारले फोहोरलाई मोहोर वनाउने उदेश्य लिएर सम्झौता गरेको सात बर्षपछी हिटा हेभी मेसिनरी रिसाईकल कम्पनीले औपचारिकरुपमा फोहोरलाई मोहर वनाउने प्रक्रिया आजदेखि सुरु गरेको हो  ।

बर्दिवास शहरवाट निस्केको फोहोरलाई सागरनाथ वन परियोजनाको जंगलभित्र डम्पिङ साईट वनाएको भन्दै चर्को आलोचना वनिरहेको वेला नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले पुरानो सम्झौतालाई कार्यान्वयनमा ल्याएका छन् ।

पारम्भिक चरणमा कम्पनीले दैनिक ६ टन फोहोर जलाउन सक्ने इन्सिनेटर मेसिन स्थापना गरेको छ । बर्दिवासको मात्र फोहोर व्यवस्थापन गर्न यो इन्सिनेटर पर्याप्त वन्नेछ । हिटा हेभी मेसिनरी रिसाईकल कम्पनीका निर्देशक सुरेन्द्र साहका अनुसार नगर क्षेत्रवाट अहिले ३ देखि ४ टन फोहोर  निस्कने गर्दछ ।

ठुलो इन्सिनेटर मेसिन ल्याएपछि यो फोहोर पर्याप्त नहुने र कम्तिमा ३ देखि ४ वटा पालिकासँग थप सम्झौता गर्नुपर्ने निर्देशक साहको भनाई छ । अहिलेको  इन्सिनेटरवाट निस्कने खरानीलाई समेत किसानहरुले मलकोरुपमा प्रयोग गर्न सक्नेछन् ।

नगरसँग भएको सम्झौताअनुसार कम्पनीले कुल आम्दानीको १२ प्रतिशत मुनाफा नगरलाई हस्तान्तरण गर्नुपर्ने छ । २० बर्षको लागि भएको सम्झौतामा बर्दिवासलाई उत्पादित मल र कम्पोष्ट मलको प्रयोग गरेर हरित बर्दिवास वनाउन समेत कम्पनीले भूमिका खेल्ने उल्लेख छ ।

बर्दिवास नगरपालिकाको मोडल एग्रो भिलेज नजिकै ३ विगाह क्षेत्रफलमा निर्धारण गरिएको प्रसोधन केन्द्रमा थप संरचना वनेसँगै  कम्पनीले कम्प्रेसर मेसिन, सेग्रीकेटर मेसिन, कम्पोष्ट स्टोरेज चेम्बर  र ठुलो इन्सिनेटर पनि स्थापना गर्नेछ । जस्ले कम्पोष्ट मल, अण्डा राख्ने क्रेकर, रिसईकलका सामानहरु उत्पादन गर्नेछ ।

थप मेसिन जडान गरेपछि दैनिक २० टन फोहोर विसर्जन गर्दै आम्दानी लिन सक्ने कम्पनीले जनाएको छ । तर कम्पनीको कामलाई थप गतिशील वनाउन अघिल्लो स्थानीय सरकारले गरेका सम्झौताको केही बुद्दाहरु संसोधनको आवस्यक रहेको नगरप्रमुख क्षेत्रीले वताए । फोहोरलाई मोहोर वनाउने र सफा, शुन्दर बर्दिवास वनाउने अभियानमा यो महत्वपूर्ण कोशेढुंगा सावित हुने उन्ले  विस्वास व्यक्त गरे  ।

 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।