झापाका यी दुई किशोरी तीन साता अघिदेखि बेपत्ता

झापा । झापाको बुद्धशान्ति गाउँपालिकाबाट तीन साताअघि बेपत्ता भएका दुई किशोरीहरू अझै नभेटिएको परिवारले बताएका छन् ।

२० दिनअघि घरबाटै हराएका ती किशोरीहरू अहिलेसम्म परिवारको सम्पर्कमा नआएका हुन् । बुद्धशान्ति–२ की १३ वर्षीया कामना रणपहेँली र वडा नम्बर १ की १४ वर्षीया गृष्मा नेपाली बेपत्ता भएका छन् ।

कामनाका बुबा सनमान रणपहेँली र गृष्माका आमा सङ्गीता नेपालीका अनुसार उनीहरूलाई सबै ठाउँमा खोजतलास गरिए पनि कुनै जानकारी पाउन सकिएको छैन ।

स्थानीय प्रहरी कार्यालय, माइती नेपालमा समयमै खबर गरिएको र त्यहाँबाट पनि अहिलेसम्म कुनै खबर नआएको अभिभावकद्वयले बताए ।

सम्पर्कविहीन किशोरीहरूको बारेमा बुधबारे प्रहरी चौकीमा बुझ्दा पहिले पनि स्थानीय मेलाबाट हराएर केही दिनपछि प्रहरीले नै खोजेर ती किशोरीहरूलाई अभिभावकको जिम्मा लगाएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖