झापा र सुनसरीबाट लागुऔषध सहित ८ जना पक्राउ

विराटनगर, पुस ७ । झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुस ०६ गते बेलुका झापाको मेचीनगर नगरपालिका-६ स्थितमा ४१ बर्षीय रुपेश पाख्रिनले लागुऔषध बिक्रीबितरण गरिरहेको छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनको खानतलासी गर्दा घर भित्र लुकाईछिपाई राखेको ब्राउन सुगर २ ग्राम फेला पारी रुपेश पाख्रिन र बेचबिखनमा संलग्न ३२ बर्षीय डिक बहादुर मगर समेतलाई नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-२ का २४ बर्षीय रोदन लिम्बुलाई १ ग्राम १ सय मिलिग्राम ब्राउन सुगर र प्रतिबन्धित औषधी ट्रामाडोल- ८३ क्याप्सुल र स्पासपेन-२८ ट्याब्लेट सहित दमक-७ का २० बर्षीय नविन ठटाल भन्ने पदम बहादुर दर्जीलाई पक्राउ गरेको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाँउपालिका-३ का ६० बर्षीय श्याम धिमाल र उनका २९ बर्षीया छोरी दुर्गा धिमाललाई गाँजा ४ किलोग्राम, नेपाली नगद ३ लाख ९ हजार ६४६ रुपैँया सहित नियन्त्रणमा लिएको छ ।

त्यस्तै गरी सुनसरीको देवानगंज गाउँपालिका-७ स्थित भित्री सडकमा इलाका प्रहरी कार्यालय हरिनगराबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले BR 80 AB 7438 नम्बरको मोटरसाईकल चालक देवानगंग-२ का २४ बर्षीय अवास अंसारी र पछाडि सवार २६ बर्षीय रिजुवान अंसारीलाई ३८ किलोग्राम ५२० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।