विराटनगर महानगरद्वारा अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा अन्तरक्रिया

विराटनगर । अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा विराटनगर महानगरपालिकाले सरोकारवालाहरुसित अन्तरक्रिया आयोजना गरेको छ ।

संयुक्त राष्ट्रसंघले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने गरेको छ । महानगरले वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति र वैदेशिक रोजगारीका क्षेत्रमा कार्य गरिरहेका संस्थाहरुको सहभागितामा अन्तरक्रिया गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारीले महत्वपूर्ण भूमिका योगदान गरेको बताउनुभयो । उहाँले अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको श्रमशक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम परिचालन गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । वैदेशिक रोजगारीका नाम हुने ठगी रोक्न रोजगारीमा जाने व्यक्तिहरु आफैं सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सामीको मोरङ जिल्ला कार्यक्रम संयोजक दीपक राउतले वर्तमान समयमा आप्रवासन समाजको अभिन्न आयाम बन्न पुगेको विचार व्यक्त गर्नुभयो । उहाँले गरिबी, युद्ध, आन्तरिक द्वन्द्व तथा असुरक्षा, जलवायु परिवर्तनको असर, काम तथा रोजगारीको खोजी, विश्वव्यापीकरण एवं सूचना तथा सञ्चार प्रविधिको तीव्र विकासलगायतले आप्रवासनमा वृद्धि हुँदै गएको बताउनुभयो । राउतका अनुसार अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओइम)ले प्रकाशित गरेको आप्रवासन प्रतिवेदन २०२४ अनुसार विश्वभरि अनुमानित २८ दशमलव १ करोड मानिस आप्रवासीका रुपमा रहेका छन् । जसमध्ये आप्रवासी श्रमिकको संख्या १६ दशमलव ९ करोड छ ।

हेल्भेटास नेपालका कार्यक्रम अधिकृत देवनारायण चौधरीले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगार सम्बद्ध कानुनमा परिमार्जन गर्नु जरुरी रहेको बताउनुभयो । आप्रवासी स्रोत केन्द्र मोरङको परामर्शकर्ता मुना निरौलाले वैदेशिक रोजगारीका क्रममा ठगिएका व्यक्तिहरुलाई कानुनी सहयोग गर्दै आएको बताउनुभयो ।

उहाँले वैदेशिक रोजगारले नेपाली अर्थतन्त्रमा योगदान पु¥याए पनि त्यसबाट आर्थिक, सामाजिक र पारिवारिक समस्या बढ्दै गएको उल्लेख गर्नुभयो । यस वर्ष ‘सुरक्षित आप्रवासनको आधार, सूचना र सीपसहितको रोजगार’ नाराका सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक समाज, आप्रवासी श्रमिक तथा तिनका परिवारको सहभागितामा सप्ताहव्यापी कार्यक्रम आयोजना भइरहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।