वडा सम्मेलनबाट धनकुटा ६ नं. वडामा उपसभापति र सचिव निर्वाचित
धनकुटा । नेपाली कांग्रेसको सय दिने अभियान अन्र्तगत धनकुटा नगरपालिका वडा नं. ६ को वडा सम्मेलनबाट रिक्त उपसभापती र सचिव निर्वाचित गरेको छ ।
नेपाली कांग्रेसको आईतवार सम्पन्न वडा सम्मेलनले रिक्त उपसभापती पदमा अनिता लुइेल र सचिवमा रमा दाहाललाई निर्वाचित गरेको हो ।
वडा सम्मेलनमा संविधान सभा सदस्य एवं महासमिति सदस्य लिला सुब्बा, प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्य,जिल्ला उपसभापती सुनिल कुमार डंंगोल,जिल्ला सचिव विजय सनतोषी राई,महासमिति सदस्य सिता श्रेष्ठ प्रधान,जिल्ला सदस्य पुरेन्द्रलाल श्रेष्ठ, लगायतले नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले वडा नं. ६ मा उत्कृष्ठ कार्यहरु गर्दै आएको बताए । उनिहरुले अव बिकासको मोडल परिर्वतन गर्नु पर्नेमा समेत जोड दिए ।
नेपाली कांग्रेस धनकुटा नगर वडा नं. ६ का कार्यवहाक सभापती महेश पराजुलीको अध्यक्षतमा सम्पन्न वडासम्मेलनमा स्वागत मन्तव्य निर्वाचित वडा सदस्य पुरुषोत्तम अर्यालले राख्नु भएको थियो भने संचालन सचिव अनिता लुईटेलले गर्नू भएको थियो ।
सो वडाको कार्य समिति उपसभापती भक्त वस्नेतको निधन भएपछि उपसभापति पद रिक्त रहेको थियो । त्यस्तै सचिव पद पनि रिक्त रहेको थियो ।
यसैगरी वडा सयन्त्रमा पार्टीको तर्फबाट अनिता लुईटेल,रमा दाहाल,जितेन्द्र राई र जनप्रतिनिधिको तर्फबाट वडाध्यक्ष मिलन खड्गी,सदस्यहरु कुसुम जोशी श्रेष्ठ,पुरुषोत्तम अर्याल र बुद्धीजिवीहरुको तर्फबाट जीवन श्रेष्ठ र उद्धव बाग्ले रहेका छन् ।


