मोरङ र सुनसरीबाट लागुऔषध सहित २ जना पक्राउ

विराटनगर, पुस ०८ गते । मोरङ र सुनसरीबाट लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुस ०७ गते मोरङको धनपालथान गाउँपालिका- ४ स्थित भित्रि सडक खण्डमा लागुऔषध बेचबिखन भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले धनपालथान-३ का ३५ बर्षीय दिपेन्द्र मण्डलको साथबाट २५ ग्राम र उनको घर समेत खानतलासी गर्दा ३५ ग्राम १०० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यसैगरी वडा प्रहरी कार्यालय धरानले धरान-१६ स्थितमा रहेको चिया पसलबाट पसल संचालिका धरान-११ की ४२ बर्षीया उषा लिम्बुलाई ट्रामाडोल ६ सय क्याप्सुल र स्पास्पेन ६ सय ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।