बुवा र भाईलाई मारेका मिलनले प्रहरीसामु भने : ‘लोकसेवामा ६, ७ पटक फेल भएपछि म जिन्दगीसँग दिक्दार भएँ

काठमाडौ । बुवा र भाईलाई मारेका मिलनले प्रहरीसामु भने : ‘लोकसेवामा ६, ७ पटक फेल भएपछि म जिन्दगीसँग दिक्दार भएँ । मलाई डिप्रेसन भयो । लोकसेवा बिग्रेपछि अब जिन्दगीमा केही नहुने भयो भनेर बिरक्तिएँ ।

म सरकारी जागिरे भएको हेर्ने चाहना राखेका बुबा मेरो असफलताले डिप्रेसनको बिरामी हुनुभयो। एकपटक आत्मदाहको प्रयास गर्नुभएको थियो । म नबाँचेपछि परिवारका अरु कसरी बाँच्लान् भन्ने लाग्यो । त्यसैले मभन्दा पहिला बुबाआमा मनुपर्छ भन्ने ठानेँ । दशैंमा गाउँ गएको बेला मार्ने प्रयास गरेको थिएँ । तर वातावरण मिलेन ।

यतिवेला बुवा उपचार गर्न आएको बेला ‘उपयुक्त’ मौका छोपेँ । हामी सबैले न्याय र मुक्ति पाउने भयौं भन्ने लागेर बुवा र भाइलाई मारेँ र म भक्तपुर गए गलबन्दीको पासो लगाएर रुखमा झुण्डिएँ । तर गलबन्दीको गाँठो फुस्कियो । भगवानले मलाई ‘नमर’ भनेजस्तो लाग्यो । बुवा र भाइ मरेपछि मैले आमाको रेखदेख गर्नुपर्छ भन्ने सोचेँ ।

त्यहाँबाट म भक्तपुर दरबार स्क्वायर गएर दिनभरि बसेँ । साँझ परेपछि चावहिलको सगरमाथा होटलमा कोठा लिएर बसेँ । त्यहाँ दुई रात बसेपछि आज बिहान पत्रिकामा समाचार देखेँ । त्यो पत्रिका बोकेर महाराजगञ्जको गाडी चढेँ । महाराजगञ्जको पुलिस अफिसको सरलाई पत्रिका देखाएर ‘यो मै हो’ भनेँ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।