कोशी प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण

सुनसरी । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले पुस ९ गते जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा वहाँले जिल्ला प्रहरी कार्यालय सुनसरीमा रहेका बिभिन्न शाखाहरु लगायत हिरासत कक्षको निरीक्षण गर्नुको साथै कार्यालय परिसर भित्र बृक्षारोपण समेत गर्नु भएको छ । निरीक्षण पश्चात प्रदेश प्रहरी प्रमुख अधिकारीले जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत इकाई प्रमुखहरु सहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।

निर्देशनको क्रममा वँहाले प्रहरीले प्रदान गर्ने सेवा र सुरक्षा प्रवाहमा आम नागरिकमा प्रहरी प्रति विश्वास बढ्ने किसिमले आफ्नो जिम्मेवारीको बोध गरी भाईचारा, बन्दुत्व, भातृत्व भाव र अनुशासित तवरले आफ्नो पदिय दायित्व निर्वाह गरी समाजमा शान्ति सुरक्षा प्रदान गर्न निर्देशन दिनुभयो । वाँहाले नागरीकको अपेक्षा बमोजिम छिटो, शिष्ट, सव्य र पिढित मैत्री वातावरणमा रहेर सेवाग्राहीको हितमा ध्यान दिई प्रहरी सेवा प्रदान गर्न जोड दिनु भयो ।

साथै वहाँले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजान तथा आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण, पेण्डिङ्ग मुद्दाको सफल अनुसन्धान, भारतीय सीमा क्षेत्रबाट हुने अवैध चोरी निकासीलाई नियन्त्रण, लागु औषध ओसार पसार नियन्त्रण, भारतिय काउण्टर पार्टससंग समन्वय गरी सुरक्षा व्यवस्थालाई मजवुद बनाउनका साथै आर्थिक प्रलोभनमा नपरी शून्य सहनशिलतामा रही व्यवसायिक प्रहरीको भुमिका निर्वाह गर्न निर्दशन दिनु भयो ।

निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले प्रदेश प्रहरी प्रमुख अधिकारीलाई सुनसरी जिल्लाको समग्र शान्ती शुरक्षाको अवस्था, जनशक्ती व्यवस्थापन, भावि कार्य योजना, सुरक्षा चुनौतीहरु र प्रदेश प्रहरी कार्यालय संगको अपेक्षा सहितको प्रस्तुतिकरण गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।