झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ६ जना पक्राउ

विराटनगर, पुस १० । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुस ९ गते साँझ झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले मे ७ प ४३८८ नम्बरको मोटरसाईकलमा सवार दमक-४ का २२ बर्षीय गोपाल श्रेष्ठलाई २ ग्राम १७० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित र मे ३ प ९५३७ न.को मोटरसाईकल चालक शिवसताक्षी-७का २९ वर्षिय भुवन मिश्र र पछाडी सवार ३६ वर्षिय सोमनाथ पौडेललाई ५ ग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी लागु औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले चेक जाँचको क्रममा सुनसरी धरान-१५का ३७ बर्षीय अर्जुन राईलाई १ ग्राम १८० मिलिग्राम ब्राउन सुगर सहित सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी सुनसरीको हरिनगरा गाउँपालिका-७ स्थितमा इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को १ ह २२६१ नम्बरको अटोमा ४ वटा बोरामा १०७ किलोग्राम गाँजा बरामद भएकोमा उक्त गाँजा,अटो र अटो चालक देवानगंज-२ का २० वर्षिय आलम अन्सारी, सह-चालक ४४ वर्षिय मन्जुल मियालाई नियन्त्रणमा लिएको छ ।

लागुऔषध सहित पक्राउ परेका मानिस र सवारी साधनको वारेमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।