झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ५ जना पक्राउ

विराटनगर, पुस ११ गते । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुस १० गते दिउँसो झापाको भद्रपुर नगरपालिका-५ मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्युरो र मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका-२ का ४६ बर्षीय जीत नारायाण श्रेष्ठलाई १ ग्राम २१ मिलिग्राम ब्राउन सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय पकली सुनसरीले ९० मिलिग्राम ब्राउन सुगर सहित इटहरी-१८ का ५९ बर्षीय महिद मिया र उनकै ३० बर्षीय छोरा इब्राम मियालाई पक्राउ गरेको छ भने, अस्थायी प्रहरी चौकी तीनकुनेले धरान-८ का ३० बर्षीय संजोग तामाङ र २४ बर्षीय रुक्सन पाख्रिनलाई २०६ चक्की ट्रामाडोल र स्पासपेन सहित पक्राउ गरेको हो ।

यसै गरी मोरङको सुनवर्षी नगरपालिका-६ स्थितमा बेबारिसे अबस्थामा रहेको २५ किलोग्राम लागुऔषध गाँजा प्रहरी चौकी झपडतलले बरामद गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।