वती माविद्वारा पूर्वप्रधानाध्यापक र शिक्षकहरु सम्मानित

विराटनगर । विराटनगर–९ स्थित सरस्वती माविले पूर्वप्रधानाध्यापकसहित विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ ।

८२ औं वार्षिकोत्सव तथा विद्यालयका संस्थापक अध्यक्ष नारायणप्रसाद कोइरालाको स्मृति दिवसको अवसर पारेर विद्यालयले पूर्वप्रधानाध्यापक डिल्ली पोखरेल, योगेन्द्रबहादुर कार्की तथा शिक्षकहरु भवानी भट्टराई, भरतराज दाहाल र भरतबाबु दाहाललाई सम्मान गरेको हो । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सामुदायिक विद्यालयले गुणस्तर वृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । विराटनगरको मुटुमा अवस्थित र पुराना विद्यालय भएर पनि सरस्वती अन्य सामुदायिक विद्यालयसरह खरो रुपमा उत्रिन नसकेको उहाँको भनाइ थियो ।

उहाँले विराटनगरकै आदर्श, पोखरिया, गोग्राहा, सत्यनारायणलगायतका विद्यालयले निकै प्रगति गरेको चर्चा गर्नुभयो । संस्थागत विद्यालयहरु जस्तै सामुदायिक विद्यालयहरुबीच पनि प्रतिस्पर्धा हुनु आवश्यक रहेको मेयर कोइरालाले बताउनुभयो । ‘भौतिक संरचना र पर्याप्त शिक्षक–कर्मचारी हुँदाहुँदै पनि धेरै सामुदायिक विद्यालयले प्रगति गर्न सकेका छैनन्,’ मेयर कोइरालाले भन्नुभयो, ‘शिक्षक कर्मचारीले जागिरे मानसिकता त्यागेर विद्यालयको गुणस्तर वृद्धिमा ध्यान दिनु आवश्यक छ ।

महानगरले शिक्षाको गुणस्तर वृद्धिका लागि विभिन्न योजना अघि सारेको उहाँले जानकारी दिनुभयो । महानगरका ५६ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसित महानगरले ४२ बुँदे कार्यसम्पादन सम्झौता गरेको जानकारी दिँदै मेयर कोइरालाले भन्नुभयो, ‘अब प्रअहरुको मूल्यांकन कार्यसम्पादनका आधारमा हुन्छ ।’ मेयर कोइरालाले प्राविधिक र सीपमूलक शिक्षालाई जोड दिनुपर्ने बताउनुभयो । सीपमूलक र प्राविधिक शिक्षाले मात्रै बेरोजगारी समस्या समाधान गर्ने उहाँको तर्क थियो ।

कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष विश्वनाथ भगत, समाजसेवी शुभाशिष कोइराला, विद्यालयकी प्रअ अनिता नेपाल, शिक्षक शैलेन्द्र नेपाल, किशोर पोखरेल, भानु प्राविका प्रअ संजीव घिमिरे, महेन्द्र मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निश्चल अर्याल, अभिभावक संघका अध्यक्ष रमेशकुमार यादवलगायतले स्थानीय सरकार, प्रअ, शिक्षक, अभिभावकलगायत सबैको सामूहिक प्रयासले मात्रै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न सकिने विचार प्रकट गर्नुभएको थियो ।

वि.सं. १९९९ मा स्थापित सो विद्यालय विराटनगरमा हाल ७ सय ७ जना विद्यार्थी अध्ययनरत छन् । १ देखि १२ कक्षासम्म पढाइ हुने सो विद्यालयमा २९ जना शिक्षक कर्मचारी कार्यरत रहेको प्रअ अनिता नेपालले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।