ज्येष्ठ नागरिकका अनुभव र ज्ञान सबैले अनुशरण गर्नुपर्छ ः मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकले प्राप्त गरेका अनुभव, ज्ञान र सीपलाई समाजले ग्रहण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघ, ज्येष्ठ नागरिक जिल्ला संघ मोरङ र विराट ज्येष्ठ नागरिक समाज विराटनगर महानगर समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले किताबको ठेलीमा भन्दा बढ्ता ज्ञान ज्येष्ठ नागरिकहरुको अनुभवबाट प्राप्त गर्न सकिने बताउनुभयो । जीवनमा हरेक व्यक्ति ज्येष्ठ नागरिक हुने बताउँदै मेयर कोइरालाले भन्नुभयो, ‘ज्येष्ठ नागरिक भनेका हजारौं पानाका किताब हुन् । समाजले उनीहरुलाई पढ्न सक्नुपर्छ । उनीहरुले प्राप्त गरेका अनुभवलाई ग्रहण गर्नुपर्छ र समाजलाई सही मार्गमा अगाडि बढाउनुपर्छ ।’

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका मेयर कोइरालाले ज्येष्ठ नागरिकका नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको प्रेरणाको रूपमा लिनु जरुरी रहेको औंल्याउनुभयो । नेपालमा हाल २५ लाखभन्दा बढी ज्येष्ठ नागरिक रहेको बताउँदै मेयर कोइरालाले संविधानमा उल्लेख भएअनुसारको अधिकार राज्यबाट ज्येष्ठ नागरिकले प्राप्त गरेका छन् कि छैनन् भनेर समीक्षा हुनु जरुरी बताउनुभयो ।

वैदेशिक रोजगारीले ज्येष्ठ नागरिकलाई समस्यामा पारेको उहाँको भनाइ थियो । ‘छोरा विदेशमा हुने यता बुहारी छोराछोरी पढाउने बहानामा सहरमा बस्ने गर्दा गाउँमा वृद्ध आमा र बुवा मात्रै हुने अवस्था पनि छ । यसले ज्येष्ठ नागरिकले दुःख पाएको अवस्था देखिन्छ,’ उहाँले थप्नुभयो, ‘यति मात्रै होइन छोराछोरीहरु अध्ययन र रोजगारीका लागि विदेश पलायनले पछिल्लो समय सहरमा पनि ज्येष्ठ नागरिकहरुमा एक्लोपन हुने क्रम बढ्दो छ ।’

मेयर कोइरालाले विराटनगर महानगरपालिकाले ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घर–घरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथ औषधिसमेत वितरण गर्दै आएको जानकारी गराउनुभयो ।

कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपाने, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, ज्येष्ठ नागरिक महासंघ कोशी प्रदेश अध्यक्ष मणिकुमार अज्र्याल, मोरङ अध्यक्ष एकेश्वर निरौला, विराटनगर महानगर समिति अध्यक्ष सुरेशकुमार श्रेष्ठ, उपाध्यक्ष रमानाथ भट्टराईलगायतले ज्येष्ठ नागरिकका मुद्दालाई राज्यले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

नेपालमा हरेक वर्ष पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रुपमा मनाउने गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।